२०८३ साउन २१ गते बिहीबार

विद्यार्थी चढेको बसमा ढुङ्गा हान्ने तीनजना पक्राउ

विद्यार्थी चढेको बसमा ढुङ्गा हान्ने तीनजना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार ०३:१३

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यार्थी सवार बसमा ढुङ्गा प्रहार गरी फरार रहेका तीनजनालाई नियन्त्रणमा लिएको छ। गत जेठ १८ गते राति करिब साढे ११ बजेको समयमा पोखरा महानगरपालिका–१४ चाउथेमा विद्यार्थी चढेको बसमा ढुङ्गा...

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यार्थी सवार बसमा ढुङ्गा प्रहार गरी फरार रहेका तीनजनालाई नियन्त्रणमा लिएको छ।

गत जेठ १८ गते राति करिब साढे ११ बजेको समयमा पोखरा महानगरपालिका–१४ चाउथेमा विद्यार्थी चढेको बसमा ढुङ्गा प्रहार भएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूमा चितवनको राप्ती नगरपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने सवारी चालक पेसामा रहेका ४८ वर्षीय तिलकबहादुर थापा मगर, बाराको कोल्वी नगरपालिका–१ घर भई हाला पोखरा महानगरपालिका–२६ विजयपुरमा बस्ने सहचालक पेसाका ३० वर्षीय मानप्रसाद खरेल र गोरखाको पालुङटार नगरपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–१४ बसी ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा रहेका छन्।

उनीहरूले पोखराबाट काठमाडौँका लागि छुटेको बा १ प ९१६ नम्बरको पर्यटक बसमा ढुङ्गा प्रहार गरेका थिए। बसमा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी बालकुमारी ललितपुरबाट भ्रमणमा आएका विद्यार्थीहरू सवार थिए। अपरिचित व्यक्तिले बसमा ढुङ्गा प्रहार गर्दा पाँचजना घाइते भएको सूचनालगत्तै कास्की प्रहरीले घटनामा संलग्न भएकाहरूको खोजी थालेको थियो।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ०३:१३
हजुरको प्रतिक्रिया