२०८३ साउन २१ गते बिहीबार

तनहुँकाे गुणादीमा सवारी दुर्घटना, कास्की माछापुच्छ्रेका युवकको मृत्यु

तनहुँकाे गुणादीमा सवारी दुर्घटना, कास्की माछापुच्छ्रेका युवकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार १०:५७

तनहुँ । पृथ्वीराजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको थर्पुबजारबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशामा...

तनहुँ ।
पृथ्वीराजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्लाको थर्पुबजारबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा माेटरसाइकल चालक सरोज पौडेललको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

गम्भिर घाइते कास्की जिल्ला माछापुच्छ्रे–४ बस्ने २४ वर्षीय सराेजलाई उपचारका क्रममा दमौली अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार १०:५७
हजुरको प्रतिक्रिया