२०८३ साउन २१ गते बिहीबार

यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार ११:१९

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सभामा प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा...

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ। ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका साथ अघि बढ्ने प्रतिबद्धता गरिएको छ।

नीति तथा कार्यक्रममा घरेलु उत्पादनमा आत्मनिर्भरता, युवामैत्री उद्यमशीलता, महिला सशक्तीकरण, प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहमा सुधार, तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणस्तरात्मक सुधारका योजना उल्लेख छन्।

त्यस्तै, भूगोल अनुसारको विकास, साना तथा घरेलु उद्योग प्रवर्द्धन, जलविद्युत् परियोजना र वैकल्पिक ऊर्जामा लगानी, र निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ।

पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार मान्दै पर्यटकीय पूर्वाधार निर्माण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने योजना समेत समावेश गरिएको छ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत समावेशी विकास, संघीयताको संस्थागत मजबुतीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रणालीगत सुधारमा पनि जोड दिएको छ।

नीति तथा कार्यक्रमकाे पूर्ण पाठका लागि यहाँ हेर्नुहाेस् ।

https://drive.google.com/file/d/1mdsx5wwj7eBIJJOzdyil5mfMm3ccmsF-/view?usp=sharing

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ११:१९
हजुरको प्रतिक्रिया