२०८३ असोज २६ गते सोमबार

मेरो राजनीतिक करिअर समाप्त पार्ने केपी ओलीको नियत हो ःमाधव नेपाल

मेरो राजनीतिक करिअर समाप्त पार्ने केपी ओलीको नियत हो ःमाधव नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २३ गते बिहीबार ०४:२७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नियत राखेर, भ्रष्टाचार गरेर कुनै पनि कामका निम्ति आदेश आफूबाट नभएको बताएका छन्। उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बदलाको भावनाबाट आफूमाथि मुद्दा चलाएको...

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नियत राखेर, भ्रष्टाचार गरेर कुनै पनि कामका निम्ति आदेश आफूबाट नभएको बताएका छन्।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बदलाको भावनाबाट आफूमाथि मुद्दा चलाएको समेत आरोप लगाए।

अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि रौतहटमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ुसिधा कुरा उहाँ ९केपी ओली० मेरो विरुद्ध सुरुदेखि लाग्नु भएको हो, मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो, पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो। उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो।’

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाल लगायतविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‍कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो।

 

प्रकाशित मिति २०८२ जेठ २३ गते बिहीबार ०४:२७
हजुरको प्रतिक्रिया