२०८३ साउन २१ गते बिहीबार

सप्तकोशी नदीमा बेपत्ता एक जना गोताखोरको शव फेला

सप्तकोशी नदीमा बेपत्ता एक जना गोताखोरको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २४ गते शुक्रबार ०९:१३

दुई ठाउँबाट खटिएका सुरक्षाकर्मीले अहिले अर्का बेपत्ता सुरज साउदको खोजी गरिरहेका छन् । खोजीमा बिहानैदेखि सप्तरी र चितवनको कुरिनटारका गोताखोर टोलीसहित ३९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हिजो सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा कोशी ब्यारेज नजिकैबाट दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए ।

पोखरा ।

बिहीबार दिउँसोदेखि सप्तकोशी नदीमा बेपत्ता भएका एक जना गोताखोरको शव फेला परेको छ ।

आज बिहानैबाट दुई डिएसपीसहितको कमाण्डमा खटिएको ३९ जना सुरक्षाकर्मीको टोलीले सप्तरीको कंकालीनी नगरपालीकास्थित जोगनियाबाट हरदेव राजवंशीको शव फेला पारेको सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिए ।

दुई ठाउँबाट खटिएका सुरक्षाकर्मीले अहिले अर्का बेपत्ता सुरज साउदको खोजी गरिरहेका छन् । खोजीमा बिहानैदेखि सप्तरी र चितवनको कुरिनटारका गोताखोर टोलीसहित ३९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हिजो सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा कोशी ब्यारेज नजिकैबाट दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए ।

विपद्का बेला नदीमा फसेका व्यक्तिहरुको उद्धार गर्ने तरिका सिक्न उनीहरू अभ्यास गर्दै थिए । बेपत्ता भएका दुवैजनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन् ।

प्रकाशित मिति २०८२ जेठ २४ गते शुक्रबार ०९:१३
हजुरको प्रतिक्रिया