पोखरा ।
पोखरामा ‘सातौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिता २०८२’ को शुरु भएको छ ।
दुई दिन सम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग, गण्डकी प्रदेश आर्चरी संघको आयोजना तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, शसस्त्र प्रहरी र आर्मी, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७० जना खेलाडीहरूको सहभागिता रहेको छ । महिला खेलाडी २२ र पुरूष खेलाडी ४८ जना रहेका छन् ।
प्रतियोगितामा रिकर्व महिला/पुरुष, रिकर्व टिम इभेन्ट, रिकर्व मिक्स इभेन्ट, कम्पाउण्ड महिला÷पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकी प्रदेश आर्चरी संघका वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिए ।
प्रतियोगिताका लागि करिब १० लाख खर्च अनुमान गरिएको छ ।
प्रकाशित मिति २०८२ जेठ २४ गते शुक्रबार ०८:०८




