२०८३ असोज २६ गते सोमबार

माओवादीलाई काँग्रेस सांसद निधीको आग्रहः संसदीय प्रणालीमा आइसक्नुभयो, अब नियमानुसार सभा सञ्चालन गर्न दिनुस्

माओवादीलाई काँग्रेस सांसद निधीको आग्रहः संसदीय प्रणालीमा आइसक्नुभयो, अब नियमानुसार सभा सञ्चालन गर्न दिनुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २६ गते आइतबार ०२:५३

काठमाडौ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् । आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा...

काठमाडौ ।
नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् ।
आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।
उनले माओवादीकै हातमा संसद चल्न दिने वा नदिने भन्नेकुरा निर्भर रहेको उल्लेख गरे ।
संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन उनले आग्रह गरे
उनले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानविन भइरहेको बेलामा राजीनामा माग गरेर संसद अवरुद्ध गराउनु राम्रो कुरा नभएको बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको जस्तो मुद्दा नरहेको र वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप समेत नलागेको जिकिर गरे ।
सांसद निधीले भने , ‘संसद अहिले अवरुद्ध छ । प्रतिपक्षीले अवरोध गरिरहेको छ । अब यो घडीमा आएर माओवादीकै हातमा संसद चल्न दिने वा नदिने भन्ने रहेको छ । म के अपिल गर्न चाहन्छु, राधेश्यामजीको निरर्थक हत्या भयो । १० वर्षपछि निधन भएपनि । संसदलाई माओवादीकै तर्फबाट अवरोध गर्ने काम गर्नु भएन भनेर म माोवादीसँग आग्रह गर्न चाहन्छु । यहाँ छानविन हुँदैछ । अख्तियारले छानविन गरिरहेकै छ यो भिजिट भिसाको बारेमा । रास्वपाका नेताको जस्तो विषय होइन यो । रास्वपाको नेतालाई त छानविन गर्दै गर्दा अनुसन्धान गर्दैगर्दा बोलेकै थियो । रवि लामिछानेको घटनामा तपाईंमाथि यस्तो भनिएको छ, तपाईं किन बोल्नुहुन्न भन्ने तर्क तपाईंको यसमा लागू हुँदैन । तर्क नै छैन । छानविन भइरहेको बेलामा राजीनामा माग गरेर संसद अवरुद्ध गराउनु राम्रो कुरा होइन । माओवादी नेताहरुलाई म आग्रह गर्दछु, समाचारमा आइरहेको छ, लचक भइरहेको छ रे, कुन चाहीँ लचक हो थाहा छैन । अब प्रतिनिधि सभा संसदीय प्रणालीमा तपाईंहरु आइसक्नुभएको छ । संसदीय प्रणालीको लअनुसार त्यसलाई सञ्चालन गर्ने कुरामा सहयोग गर्नुपर्छ ।’

उनले राजा फर्काउने कुरा निरर्थक रहेको बताए ।
नेपाली जनताले पटक पटक राजालाई साथ दिएको भन्दै जति साथ दिएपनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिएको उनको भनाई छ । नेपालमा राजतन्त्र नचाहिने भन्दै राजतन्त्र फर्किन नदिने उनले बताए ।

प्रकाशित मिति २०८२ जेठ २६ गते आइतबार ०२:५३
हजुरको प्रतिक्रिया