२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा मल्टिमिडिया रिपोर्टिङ तालिम सुरु

गण्डकीमा मल्टिमिडिया रिपोर्टिङ तालिम सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २६ गते आइतबार ०५:४५

उनले अबदेखि पत्रकारिता क्षेत्रका सम्पूर्ण मुद्दा सोही कार्यालयमार्फत सम्बोधन हुने स्पष्ट पारे।

पोखरा

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा पोखराको न्युरोडस्थित होटल दीप सागरमा मल्टिमिडिया रिपोर्टिङ तालिम सुरु भएको छ।

जेठ २५ र २६ गते सञ्चालन हुने उक्त तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट पत्रकारहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारहरूको क्षमता अभिवृद्धि तथा मर्यादा कायम गर्न प्रेस रजिस्टारको कार्यालय स्थापना गरिएको जानकारी गराए।

उनले अबदेखि पत्रकारिता क्षेत्रका सम्पूर्ण मुद्दा सोही कार्यालयमार्फत सम्बोधन हुने स्पष्ट पारे।

तालिममा डिजिटल माध्यमको प्रयोग, तथ्य संकलन तथा मल्टिमिडिया सामग्री निर्माणसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।

कार्यक्रममा सहयोगीको रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको छ।

प्रकाशित मिति २०८२ जेठ २६ गते आइतबार ०५:४५
हजुरको प्रतिक्रिया