२०८३ साउन २१ गते बिहीबार

कास्कीमा एक जना युवकको शव फेला

कास्कीमा एक जना युवकको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २७ गते सोमबार १२:२४

पोखरा । कास्कीमा एक जना युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ मा रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको हो । वन विज्ञान अध्यन संस्थान जाने बाटोमा भेटिएको शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको कास्की प्रहरीले...

पोखरा ।

कास्कीमा एक जना युवकको शव फेला परेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ मा रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको हो । वन विज्ञान अध्यन संस्थान जाने बाटोमा भेटिएको शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको कास्की प्रहरीले बताएको छ ।

सोमबार बिहान करिब ५ बजेतिर भेटिएको शवसँगै एउटा हथौडा पनि भेटिएको छ । शव देख्ने स्थानीयले जानकारी गराएपछि बिहानै प्रहरी पुगेर शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जानकारी दिए ।

प्रहरीको अनुसार अहिलेसम्म शवको सनाखत भने हुन सकेको छैन । बिहानै शव भएको ठाउँमा कुकुर लिएर गएर प्रहरीले अनुसन्धान थालेको थियो । स्थानीयबासीले पनि शव नचिनको प्रहरीले बताएका छन् ।

प्रकाशित मिति २०८२ जेठ २७ गते सोमबार १२:२४
हजुरको प्रतिक्रिया