२०८३ साउन २१ गते बिहीबार

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २७ गते सोमबार ०३:२४

काठमाडौं। नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी पूर्वतयारी योजना र रणनीति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। सोमवार राष्ट्रियसभा बैठकको...

काठमाडौं।

नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी पूर्वतयारी योजना र रणनीति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमवार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको यथार्थलाई मध्यनजर गरी सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउन माग गरेका हुन्।

उनले विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका पूर्वतयारी कार्यान्वयन ल्याउन सरकार र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे।

उनले छिमेकी मुलुक भारतमा विगत नौ दिनमा तीन हजार चार सय २३ जना कोरोना संक्रमित थपिएको र ५८ जनाको मृत्यु भइसकेकाले नेपालमा पूर्वतयारीमा ढिलाइ गर्न नहुने बताए।

उनले भने, ‘भारतमा कोरोना भाइरसको संक्रमितको संख्या दिनदिनानु तिब्र गतिमा बढीरहेको छ । विगतका ९ दिनमा तीन हजार चार सय २३ जना संक्रमित थपिएका र ५८ जनाको मृत्यु भइसकेको छ । नेपालबाट हजारौंको संख्यामा नेपाली कामदार भारत जाने र भारतबाट पनि रोजगारीका लागि नेपाल आउने गरेको यथार्थलाई मध्यनजर राखी नेपाल सरकारले सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउने । सीमा आवागमन सहज र सुरक्षित बनाउने । परीक्षण केन्द्र, क्वारेन्टाइन व्यवस्था र स्वास्थ्य सचेतना अभियानलाई विस्तार गर्ने । भारतबाट नेपाल फर्कने नेपाली नागरिकलाई निःशुल्क परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने । विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका लागि पूर्वतयारी योजना र रणनीति तुरुन्त कार्यान्वयनमा ल्याउन सरकार र सम्बन्धित मन्त्रालयलाई आग्रह गर्दछु ।’

उनले नेपालबाट रोजगारीका लागि भारत जाने र भारतबाट रोजगारीका लागि नेपाल आउने नागरिकको सीमा आवागमन सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति २०८२ जेठ २७ गते सोमबार ०३:२४
हजुरको प्रतिक्रिया