२०८३ असोज २६ गते सोमबार

प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २७ गते सोमबार ०३:५९

काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ । साढे तीन बसे सुरु भएको बैठकमा प्रतिपक्षको अवरोध नहटेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो। भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको आरोप लगाउँदै उनको...

काठमाडौं ।

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

साढे तीन बसे सुरु भएको बैठकमा प्रतिपक्षको अवरोध नहटेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो।

भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको आरोप लगाउँदै उनको राजीनामा माग गर्दै विपक्ष दलहरूले निरन्तर संसद् अवरूद्ध गर्दै आएका छन्।

अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ भने माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ ।

आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए ।

तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।

 

प्रकाशित मिति २०८२ जेठ २७ गते सोमबार ०३:५९
हजुरको प्रतिक्रिया