२०८३ साउन २१ गते बिहीबार

अमरसिंह माविमा भवन तथा गेट निर्माणको सिल्यानास, वडाध्यक्ष बास्तोलाद्वारा शुभारम्भ

अमरसिंह माविमा भवन तथा गेट निर्माणको सिल्यानास, वडाध्यक्ष बास्तोलाद्वारा शुभारम्भ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २७ गते सोमबार ०८:०९

पोखरा । पोखरा महानगरपालिका–१२ स्थित ऐतिहासिक तथा शैक्षिक दृष्टिले अग्रणी अमरसिंह माध्यमिक विद्यालयको गेट तथा नयाँ भवन निर्माण कार्यको औपचारिक सिल्यानास कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष सन्तोष बास्तोलाले विधिवत रूपमा सिल्यानास...

पोखरा ।

पोखरा महानगरपालिका–१२ स्थित ऐतिहासिक तथा शैक्षिक दृष्टिले अग्रणी अमरसिंह माध्यमिक विद्यालयको गेट तथा नयाँ भवन निर्माण कार्यको औपचारिक सिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।

वडाध्यक्ष सन्तोष बास्तोलाले विधिवत रूपमा सिल्यानास गर्दै निर्माण कार्यको शुभारम्भ गरेका हुन् । वडाध्यक्ष बास्तोलाले अमरसिंह विद्यालय क्षेत्रको एक महत्वपूर्ण शैक्षिक संस्था भएकाले यसको भौतिक पूर्वाधारको सुधार अत्यावश्यक रहेको बताए । उनले भने, “गुणस्तरीय शिक्षा दिन सक्ने वातावरण सिर्जना गर्न भौतिक संरचना सुदृढ हुनु आवश्यक छ, यो सिल्यानास त्यसैको आधारशिला हो ।”

सिल्यानास कार्यक्रममा शिक्षा माहाशाखा प्रमुख हेम प्रसाद आचार्य, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यक्रममा सहभागी भई वडाध्यक्षलाई विद्यालय विकासमा देखाइएको सक्रिय भूमिकाको लागि धन्यवाद ज्ञापन गरे ।

नयाँ गेट र भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने र विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास गरिएको छ । गेटको निर्माणले विद्यालयको पहिचानलाई सुदृढ पार्नेछ भने भवनले शिक्षण सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष बास्तोलाले आगामी दिनहरूमा पनि वडा भित्रका अन्य विद्यालयहरूमा समेत पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक पहलहरू निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति २०८२ जेठ २७ गते सोमबार ०८:०९
हजुरको प्रतिक्रिया