काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरूलाई वंशजको नागरिकता दिन नहुने बताएका छन्।
मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताए। खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिण लगायतका विभिन्न देशहरूबाट नेपालमा आउनेहरूको लर्को रहेको बताए।
आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताए। पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ रु भन्दै प्रश्न गरे। उनले गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिए पनि त्यतिले नपुगेको बताए। ब्रिटिश गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्नेउनले बताए।
उनले भने, ‘नेपालमा नागरिकताको समस्या अत्यन्त जटिल समस्या रहेको छ । दक्षिणतिर मात्रै बोर्डर खुला छ भन्नेमात्रै होइन । उत्तर, दक्षिण, बर्मा विभिन्न देशबाट मान्छेको ओइरो लागेको हो । हाम्रो पार्टीले के भन्दै आएको हो भने आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो । गैह्रआवासीय नेपालीहरुको समस्या र धेरै कुराहरु सुनियो । उपदेश पनि धेरै सुनिरहेको छ । उनीहरु यहाँ आउन पाउने र उनीहरुलाई वंशजको नागरिकता दिने हो भने देश स्विट्जरल्याण्ड हुने जस्तो कुरा पनि सुनियो । पैसा कमाएका कारणले नागरिकता पाइन्छ रु वंशजको नागरिकता पाइन्छ रु त्यसो भए त धेरैले लिन्थे नि । गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकारको कुरा छ, त्यसले उहाँहरुलाई पुगेको छैन । त्यस्तो हुन्छ । ब्रिटिश गोरखाको पनि त्यही छ । उता पनि वंशजको नागरिकता लियो, उहिले राणाकालमा सम्झौता भएर गएको निरन्तर हुनुपर्छ, दुईतिर नागरिकता लिन पाइन्छ रु संसदमा भोटिङ हुनुपर्छ यसबारेमा । मेरो एउटै भोट पर्ला फरक पर्दैन । विलौना सुनेपछि मन पगाल्ने काम नगरौँ ।’
अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिने कुरा राम्रो नहुने बताए।
प्रकाशित मिति २०८२ जेठ २८ गते मंगलबार १२:३७




