२०८३ साउन २१ गते बिहीबार

१२ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आइसियुमा वैद्य, स्वास्थ्य अवस्था सुधारोन्मुख

१२ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आइसियुमा वैद्य, स्वास्थ्य अवस्था सुधारोन्मुख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २८ गते मंगलबार ०३:२३

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत छन्। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो। पुरानो रोग दम बढेपछि उहाँ शिक्षण अस्पतालको...

काठमाडौं ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत छन्।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो। पुरानो रोग दम बढेपछि उहाँ शिक्षण अस्पतालको आइसियुमा भर्ना भएका हुन्। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ।

अक्सिजन स्तरमा उतार–चढाव भइरहेको र चिकित्सकले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको हो। वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल का महासचिव तथा संयोजक हुन्। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक श्रोतले बताएको छ।

 

प्रकाशित मिति २०८२ जेठ २८ गते मंगलबार ०३:२३
हजुरको प्रतिक्रिया