२०८३ साउन २१ गते बिहीबार

नेपाल पर्यटक बढाउन भिजा प्रक्रिया सहज बनाउनु पर्छ : डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ

नेपाल पर्यटक बढाउन भिजा प्रक्रिया सहज बनाउनु पर्छ : डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २८ गते मंगलबार ०८:११

पोखरा । हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा...

पोखरा ।

हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् ।

पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी हुन् । उनले नेपाल आउनका लागि ६ हप्ता पहिल नै भिसा एप्लाई गर्नुपर्ने अहिलेको प्रक्रियालाई सहज बनाउनु पर्ने उनको भनाई छ । उनले सके अनएराइभल भिसा दिने नभए एक हप्ता भन्दा लामो समय लाग्ने प्रक्रियालाई सहज बनाउनु पर्ने उल्लेख गरिन् ।

उनले हङकङ सरकारले पर्यटन क्षेत्रमा धेरै लगानी गरेको भन्दै नेपाल सरकार पनि लाग्नु पर्ने बताइन् । उनले नेपाल र पोखरामा पर्यटक बढाउन आफुहरुले विभिन्न योजना बनाएको बताइन् । पोखरा विमानस्थलबाट सिधै हङकङ उठानका लागि पहल गर्ने उनले उल्लेख गरिन् । हङकङमा ३० हजार नेपाली रहेकामा आधा गण्डकी प्रदेश कै भएको बताउदै पोखराबाट हङकङ सिधा उडान सम्भव भएको उनको भनाइ छ । अहिले काठमाडौ दिनहुँ उडान भएका कारण पोखराबाट पनि हप्तामा एउटा उडान हुन सकने बताइन् ।

कार्यक्रममा एनआरएनए हङकङका कुल प्रसाद गुरुङले पोखरामा पर्यटक बढाउन आफुहरु लागेको बताए । पोखरा र नेपालका विभिन्न ठाउँको हङकङमा प्रचार प्रसार गर्ने गरेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उनीहरुलाई स्वागत गर्दै नेपालमा हङकङबाट अन्य देशका पर्यटकहरु पनि आउने हुदाँ नेपाल बारे प्रचार प्रसार आवश्यक रहेको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश भट्टराईले पोखरा विमानस्थल तयार भएका कारण हप्ता एक दिन भए पनि पोखराबाट हङकङ सिधा उडान हुनुपर्ने बताए ।

प्रकाशित मिति २०८२ जेठ २८ गते मंगलबार ०८:११
हजुरको प्रतिक्रिया