२०८३ साउन २१ गते बिहीबार

डाइभर्सन बग्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

डाइभर्सन बग्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

राजु सुवेदी कल्पित

@Public 4K Tv

२०८२ जेठ ३० गते बिहीबार ११:२२

डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।

नवलपरासी ।

नवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।

गत वर्षको पुस २६ गते अत्यधिक भार बोकेको भारतीय ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो पुल भाँचिएपछि अहिले डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ ।

यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ बनाइएको पुल असरको दोस्रो सातादेखि सञ्चालन गर्ने योजना छ ।

प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार ११:२२
हजुरको प्रतिक्रिया