पोखरा
पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफ र एभरेष्ट भलिबल क्लबले सेमिफाइनलमा स्थान बनाएका छन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको खेलमा एपिएफले स्टेप रामपुर क्लबलाई र एभरेष्टले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोट्र्स क्लबले यसअघि नै सेमिफाइनल स्थान पक्का गरेका थिए ।
बिहिबार भएको पहिलो खेलमा एपिएफले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट र दोस्रो सेट समान २५–६ र तेस्रो सेट २५–७ ले आफ्नो पक्षमा पा¥यो । एभरेष्टले गण्डकी प्रदेशलाई ३–१ को सेटले पराजित गर्न सफल रह्यो । पहिलो सेट २१—२५ ले गुमाएको एभरेष्टले पछिल्ला ३ सेटमा पुनरागमन जित निकाल्यो सेमिफाइनलमा स्थान पक्का ग¥यो । एभरेष्टले दोस्रो सेट २५(१४ र तेस्रो सेट २५–२२ र चौथो सेट २५(१४ ले आफ्नो पक्षमा पा¥यो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलमा खेल हुनेछन् । पहिलो सेमिफाइनल खेल समूह ए को विजेता पुलिस र समूह बि को उपविजेता एभरेष्टबिच हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल न्यू डायमण्ड र एपिएफबिचको खेल साँझ ५ बजेबाट सुरु हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, र तेस्रो हुने टिमले एक लाख पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडी २० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार ०७:४९




