२०८३ साउन २१ गते बिहीबार

शुक्रबार गण्डकीमा थप ३ जनाकाे ज्यान गयाे

शुक्रबार गण्डकीमा थप ३ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ साउन १ गते शुक्रबार ०६:३७

पाेखरा । शुक्रबार गण्डकी प्रदेशभर थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२३ जनामा गरिएको नमुना परीक्षणमा ३८१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हाे...

३८१ जनामा कोरोना संक्रमण पुष्टि

पाेखरा । शुक्रबार गण्डकी प्रदेशभर थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२३ जनामा गरिएको नमुना परीक्षणमा ३८१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हाे । संक्रमण पुष्टि हुनेहरूमा कास्कीका १४६ जना, तनहुँका २० जना, गोरखाका एक जना, लमजुङका आठ जना, नवलपुरका ४१ जना र स्याङ्गजाका ३५ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।

यस्तै, पर्वतका ७३ जना, बागलुङका ३९ जना, म्याग्दीका पाँच जना, मुस्ताङका ११ जना र मनाङ जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

याे संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६० हजार ९०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ६२ पुगेको छ।

शुक्रबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना र कास्की जिल्ला पोखरा महानगरपालिकाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०१७ पुगेको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति २०७८ साउन १ गते शुक्रबार ०६:३७
हजुरको प्रतिक्रिया