२०८३ साउन २१ गते बिहीबार

संयुक्त राष्ट्र प्रमुखद्वारा भारतीय विमान दुर्घटनाप्रति दुःख व्यक्त

संयुक्त राष्ट्र प्रमुखद्वारा भारतीय विमान दुर्घटनाप्रति दुःख व्यक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३१ गते शुक्रबार ०९:५७

महासचिव गुटेरेसले पीडित परिवारहरू, भारतका जनता र सरकारका साथै यो त्रासदीबाट प्रभावित सबै देशका नागरिकहरूप्रति समवेदना व्यक्त गरे ।गुटेरेसले घाइतेहरूको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेको गुटेरेसका उपप्रवक्ता फरहान हकले एक वक्तव्यमार्फत जानकारी गराएका छन् ।

एजेन्सी\सिन्ह्वा ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा २ सय भन्दा बढीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले पीडित परिवारहरू, भारतका जनता र सरकारका साथै यो त्रासदीबाट प्रभावित सबै देशका नागरिकहरूप्रति समवेदना व्यक्त गरे ।

गुटेरेसले घाइतेहरूको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेको गुटेरेसका उपप्रवक्ता फरहान हकले एक वक्तव्यमार्फत जानकारी गराएका छन् ।

लण्डन जाँदै गरेको एयर इण्डियाको उक्त विमानमा २ सय ४२ जना सवार थिए ।

विमान बिहीबार भारतको पश्चिमी राज्य गुजरातको अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो ।

बोइङ ७८७–८ विमानमा १ सय ६९ भारतीय नागरिक, ५३ बेलायती नागरिक, सात पोर्चुगाली नागरिक र एक क्यानाडाली नागरिकका साथै १२ जना चालक दलका सदस्य सवार थिए ।

दुर्घटनाको क्रममा विमान एक मेडिकल कलेजको छात्रावासमा ठोक्किएको थियो । दुर्घटनामा एक जना मात्रै जिवित रहेको र जीवित यात्रुको उपचार भइरहेको जनाइएको छ ।

विमान दुर्घटनामा बाँचेका व्यक्ति भारतीय मूलका बेलायती नागरिक रहेको बुझिएको छ ।

प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०९:५७
हजुरको प्रतिक्रिया