२०८३ कात्तिक १० गते सोमबार

एसएसबीले तुइनको डोरी निकालिदिंदा महाकाली नदीमा खसेर एक नेपाली नागरिक वेपत्ता

एसएसबीले तुइनको डोरी निकालिदिंदा महाकाली नदीमा खसेर एक नेपाली नागरिक वेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ साउन १५ गते शुक्रबार ०८:४०

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर...

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् ।

शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले एसएबसीले डोरी निकालेपछि धामी नदीमा खसेको गुनासो आएको बताए । ‘हामीकहाँ पनि एसएसबीले तुर्‍इनको डोरी निकाल्दा धामी नदीमा खसेको गुनासो आएको छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘प्रत्यक्षदर्शीसँग सम्पर्क गर्ने कोशिश भइरहेको छ ।’

धामीका परिवारले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुर्‍झाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गर्न माग गरेको छ ।

प्रकाशित मिति २०७८ साउन १५ गते शुक्रबार ०८:४०
हजुरको प्रतिक्रिया