पोखरा ।
पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाहरुले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र पथप्रदर्शक (गाइड) बिना पदयात्रामा जान नपाउने व्यवस्था लागु गर्न माग गरेका छन् ।
गण्डकी प्रदेशमा कार्यरत तालिम प्राप्त पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र टे«किङ पोर्टर गाइडहरुसंग पेशागत अवस्थाका वारेको अन्तरक्रिया कार्यक्रममा सहभागिले टिम्स र गाइड बिना पदयात्रामा जान नपाउने व्यवस्था लागु गर्न माग गरेका हुन् ।
नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्नुपर्ने बताए । अहिले गइडको लाइसेन्स नभएकाले पनि पथ प्रदर्शकको काम गरिरहेकाले यसलाई कडाई गरिनुपर्ने उनिहरुको भनाई थियो ।
नेपाल पर्यटन बोर्डले टान र मजदुर संगठनहरुको पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई ‘टिम्स कार्ड ’ र पथप्रदर्शक (गाइड)बिना पदयात्रामा जान नपाउने नियम लागू गरेको थियो । पछिल्लो समय उक्त नियम कार्यान्वयनमा आएको छैन ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन थता होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम)का विभागिय प्रमुख अजयकुमार ढकालले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न गुणस्तरीय तालिम आवश्यक पर्ने बताए । त्यसका लागि नाथुमले तालिमको आयोजना गरिरहेको जानकारी दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायाण क्याम्पसका सहप्रध्यापक दिपक वास्तोला, पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले गैह्कानुनी रुपमा काम गर्नेहरुले संरक्षण पाउदा लाइसेन्स प्राप्त गाइडहरुले रोजगार पाउन नसकेको गुनासो गरे ।
कार्यक्रममा बोल्ने मजुदुर संग संगठनका नेताहरुले सामाजिक सुरक्षाका वारेमा चासो व्यक्त गरेका थिए । सिजनको बेलामा मात्र काम गरेर जिविको पार्जनमा समस्या हुने गरेको उनिहरुको गुनासो थियो ।
प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०८:००




