२०८३ असोज २६ गते सोमबार

भिजिट भिसा प्रकरणमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा छैनौँः डा. स्वर्णिम वाग्ले

भिजिट भिसा प्रकरणमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा छैनौँः डा. स्वर्णिम वाग्ले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार ०९:२२

सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको आरोप समेत उनले लगाए ।
भिजिट भिसा प्रकरणको समस्या समाधान गर्नको लागि संसदीय छानविन आयोेग वा न्यायिक आयोग गठन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै उनले संघर्ष नछाड्ने जिकिर जिकिर गरे ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।

उनले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टिओआर) समेत नभएको कारण आफूहरु सहभागि नभएको बताए ।

सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको आरोप समेत उनले लगाए ।

भिजिट भिसा प्रकरणको समस्या समाधान गर्नको लागि संसदीय छानविन आयोेग वा न्यायिक आयोग गठन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै उनले संघर्ष नछाड्ने जिकिर जिकिर गरे ।

उनले भने, ‘सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा छानविन गर्ने समयसीमा पनि छैन । कार्यादेश के हो ? कहिले सम्पन्न गर्ने हो ? यस्तो उदारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी सहमतिमा आउँदैन । हाम्रो पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन । त्यही भएर यस्तो उधारो र कमिटमेन्ट नभएको सम्झौतामा हामी सहभागि हुनसक्ने कुनै गुञ्जायस थिएन । सरकारको नियत ठिक भएको भए हाम्रो पाँच बुँदे प्रश्तावबाट संवाद गर्न सकिन्थ्यो । समयसीमामा अलिकति समन्वय गर्न सकिन्थ्यो । त्यसकारण संसदीय छानविन आयोग वा उच्चस्तरीय छानविन आयोगमै हाम्रो अडान थियो । गृहमन्त्रीको राजीनामा पछि आउने गरेर हामी सदासयता देखाउने मनस्थितिमा पनि थियौँ । त्यसकारण आज हामी आजको सम्झौतामा हामी सहमतिमा गएनौँ ।’

सरकार भिजिट भिसाको नाममा हुने गरेको मानव तस्करीको समस्या समाधान गर्न गम्भिर नदेखिएका कारण आफूहरुले आन्दोलन कायमै राखेको उपसभापति वाग्लेको भनाइ छ ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार ०९:२२
हजुरको प्रतिक्रिया