२०८३ कात्तिक १० गते सोमबार

ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको छः कृषिमन्त्री अधिकारी

ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको छः कृषिमन्त्री अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार १०:४५

सामुदायिक क्याम्पसहरुकै कारण लोकतन्त्र बाँचेकाले यस्ता संस्थालाई बचाउनुपर्नेमा उनको जोड थियो ।
उनले युवाहरु विदेश पलायन भइरहेको बारेमा सरकार गम्भीर रहेको र आगामी आर्थिक वर्षको बजेटमा त्यसको न्युनिकरणका लागि कार्यक्रम र बजेट विनियोजन गरेको जिकिर गरे ।

काठमाडौं ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको बताएका छन् ।

शनिबार सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाईसम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् ।

कृषिमन्त्री अधिकारीले ग्रामिण तहमा सामुदायिक क्याम्पस नभएको भए लोकतन्त्रमाथि प्रश्नचिन्ह खडा हुने बताए ।

सामुदायिक क्याम्पसहरुकै कारण लोकतन्त्र बाँचेकाले यस्ता संस्थालाई बचाउनुपर्नेमा उनको जोड थियो ।

उनले युवाहरु विदेश पलायन भइरहेको बारेमा सरकार गम्भीर रहेको र आगामी आर्थिक वर्षको बजेटमा त्यसको न्युनिकरणका लागि कार्यक्रम र बजेट विनियोजन गरेको जिकिर गरे ।

युवाहरुलाई स्वदेशमै बस्ने परिस्थिति बनाउन सरकारले काम गरिरहेकोसमेत उनले जानकारी दिए ।

मन्त्री अधिकारीले भने, ‘हामीले सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन् । हामीले युवाहरुलाई यहीँ बस्ने, ति युवाहरुको बसोवास यहीँ रहने, बाहिरिने परिस्थितिबाट अन्त्य हुनसक्छ । शिक्षा ऐन जारी गर्न शिक्षामन्त्रीज्यु आएको दिनदेखि नै सक्रिय रुपमा लाग्नुभएको छ । हामीले देखिरहेका छौँ । यदी ग्रामिण तहमा यो पब्लिक क्याम्पस खुलेको थिएन भने नेपाली जनताले लढेर ल्याएको डेमोक्रेसीमाथि अनेक प्रश्नचिन्ह खडा हुन्थ्यो । यही कारणले लोकतान्त्रिक गणतन्त्र बाँचेको छ र बँचेको छ । यस्ता संस्थालाई हामीले बचाउनु पर्छ । यो जिम्मेवारी हामीसँग छ ।’

मन्त्री अधिकारीले त्रिभूवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसको भरमा मात्रै रहेको भए गणतन्त्र सुरक्षित हुन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार १०:४५
हजुरको प्रतिक्रिया