२०८३ साउन २१ गते बिहीबार

कांग्रेस महामन्त्री थापाको दाबीः ०८३ मंसिर अघि नै पार्टीको महाधिवेशन हुन्छ

कांग्रेस महामन्त्री थापाको दाबीः ०८३ मंसिर अघि नै पार्टीको महाधिवेशन हुन्छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार १२:४५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ मंसिर अघि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन्। कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति–६ प्रदेश ‘क’ काठमाडौंको सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ मंसिर अघि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन्। कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति–६ प्रदेश ‘क’ काठमाडौंको सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ को निर्वाचनपछि पुग्ने हो कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह पनि गरेका छन्।

महामन्त्री थापाले महाधिवेशन सार्न कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताए। कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मङ्सिर रहेको र त्यहाँसम्म पुर्‍याउन नहुने उनले स्पष्ट पारे।

ढिलाइ भए त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने थापाको बुझाइ छ। जति सक्दो क्रियाशील सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर उनले गरे।

महामन्त्री थापाले भातृसंस्थाहरूको अधिवेशन हुन नसक्नु दुखद रहेको बताए। नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार १२:४५
हजुरको प्रतिक्रिया