२०८३ कात्तिक ११ गते मंगलबार

भारतको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

भारतको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १ गते आइतबार १०:००

केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रु रहेको हेलिकोप्टर बिहान साढे ५ बजे सम्पर्कविहिन भएको थियो ।
हेलिकप्टरका पाइलटसहित एक जना बच्चा र चार यात्रु गरी ६ जना रहेको प्रारम्भिक विवरण छ ।

एजेन्सी ।

भारतको उत्तराखण्ड केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रु रहेको हेलिकोप्टर बिहान साढे ५ बजे सम्पर्कविहिन भएको थियो ।

हेलिकप्टरका पाइलटसहित एक जना बच्चा र चार यात्रु गरी ६ जना रहेको प्रारम्भिक विवरण छ ।

दुर्घटनामा हेलिकप्टरका पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ ।

उनीहरुको ज्यान गएको भनिए पनि थप विवरणसहित पुष्टि हुन बाँकी छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थल गौरीकुण्डमा खोज तथा उद्धार टोली परिचालन गरिएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो ।

खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो ।

उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।

 

प्रकाशित मिति २०८२ असार १ गते आइतबार १०:००
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४