२०८३ असोज २६ गते सोमबार

यो सभा चलाउने तरिका भएनः राजेन्द्र पाण्डे

यो सभा चलाउने तरिका भएनः राजेन्द्र पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १ गते आइतबार ०२:०७

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आईतावर बोल्दै उहाँले...

काठमाडौं ।

नेकपा ९एकीकृत समाजवादी० का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आईतावर बोल्दै उहाँले प्रतिपक्षी दलहरु विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताएका हुन् ।

उनले अर्थमन्त्रीले बजेट प्रश्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरुमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरु नाराबाजी गर्दैगर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए ।

सहमति गरिसकेर मात्रै सभँ सञ्चलन गर्न आग्रह गरे ।

उनले भने, ‘आज अर्थमन्त्रीज्यु बजेट प्रश्तुत भएपछि त्यो बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरु, हिजो छुट भएका, आज केही संशोधन गर्नुपर्ने विषय भएका महत्वपूर्ण कुरा सुनाइरहनुभएको छ । प्रतिपक्षमा रहेका दलहरुमध्ये एउटा ल अवरोधको अवस्थामा छ । अर्को दल वेल घेराउ गरेर नारबाजी गरिरहेको छ । मन्त्रीज्युले भनेका कुराहरु हामीले सुनिरहेका छैनौँ । कसरी सभा चलाउने हो रु यो सभा चलाउने तरिका भएन । यो स्थगित गरी सहमति गरेपछि एउटा टुंगो लगाएर मात्रै अघि बढाऔँ ।’

उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गरे ।

प्रकाशित मिति २०८२ असार १ गते आइतबार ०२:०७
हजुरको प्रतिक्रिया