२०८३ साउन २१ गते बिहीबार

कास्कीमा सिलाैटाे प्रहार गरि श्रीमतिकाे हत्या

कास्कीमा सिलाैटाे प्रहार गरि श्रीमतिकाे हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ साउन २६ गते मंगलबार ०६:०८

पाेखरा । सिलाैटाे प्रहार गरि श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा कास्की प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । मंगलबार बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं -२ स्थित बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले...

पाेखरा । सिलाैटाे प्रहार गरि श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा कास्की प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ ।

मंगलबार बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं -२ स्थित बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले मादक पदार्थ सेवन गरी आफनै ५५ वर्षीया श्रीमती श्रीमाया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा उनको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार टाउकोमा श्रीमानको लोहोरा प्रहारबाट गम्भिर घाइते भएकी उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पाताल ल्याइएकोमा उपचारकै क्रममा उनको ज्यान गएको हो।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले श्रीमान् श्रीराम कामीलाई नियन्त्रणमा लिएको छ भने,घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति २०७८ साउन २६ गते मंगलबार ०६:०८
हजुरको प्रतिक्रिया