पाेखरा । पाेखराबाट काठमाडाैंतर्फ गइरहेकाे माइक्राेबस धादिङकाे गजुरीमा दुर्घटनामा परेकाे छ । म्युजिक भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ हिडेको बस गएराति धादिङको गजुरीमा दुर्घटनामा परेको हो ।
सुटिङबाट काठमाडौ फर्किदै गरेको बसलाई भारतीय नम्बर प्लेटको एक गाडीले ठक्कर दिएपछि दुर्घटना भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । दुर्घटनामा एक जनाको मृत्यु र बस ड्राइभर सहित दर्जन घाइते भएको छ ।
दुर्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।
उक्त दुर्घटनामा निर्देशक राईको बहिनी रेनुपुलुङ राईको भने घटनास्थलमै मृत्यु भएको छ । परिपुलुङ राई निर्देशक, मोडल र गीतकार पनि हुन् ।
उक्त दुर्घटनामा सुटिङ गाडीका चालक विजय पनि गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेका दुबै गाडी भने गजुरी प्रहरीले नियन्त्रणमा रहेको लामाले जानकारी दिए ।
प्रकाशित मिति २०७८ साउन ३२ गते सोमबार ०८:१४




