२०८३ साउन २१ गते बिहीबार

माधव नेपालसहित १४ सांसदकाे पद खारेज गर्ने एमालेकाे निर्णय

माधव नेपालसहित १४ सांसदकाे पद खारेज गर्ने एमालेकाे निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १ गते मंगलबार ०५:१८

पाेखरा । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द...

के एमाले फुट्याे ?

पाेखरा । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो ।

कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन् ।

सरकारले दल विभाजनसम्वन्धी अध्यादेश ल्याएसँगै राजनीतिक दलहरूमा नयाँ शिराबाट छलफल शुरू भएकाे छ । यसअघि एमालेले केन्द्रीय कमिटी थप गरेर विवरण  अध्यावधिकका लागि निर्वाचन आयोगमा नामावली पठाएको थियाे । माधव नेपाल पक्षले भने एकलाैटी गरिएका निर्णय तत्काल फिर्ता लिन अनुराेध गरेकाे छ ।

प्रकाशित मिति २०७८ भदौ १ गते मंगलबार ०५:१८
हजुरको प्रतिक्रिया