२०८३ साउन २१ गते बिहीबार

इरान–इजरायल तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक

इरान–इजरायल तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ९ गते सोमबार १०:२०

रूपान्तरणशील संसारमा ओआईसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेण्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो ।

एजेन्सी\सिन्ह्वा ।

इजरायल र इरानबीच बढ्दो तनावको बीचमा इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक बसेको छ ।

रूपान्तरणशील संसारमा ओआईसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेण्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो ।

आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि हालै गरेको आक्रमण र यस क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीको कडा निन्दा गरे ।

कार्यक्रममा, टर्कीका विदेशमन्त्री हाकान फिदानले यस क्षेत्रमा इजरायल समस्या बनेको बताए । यो प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको समस्या नभइ स्पष्ट रूपमा इजरायलको समस्या भएको उनले बताए ।

दुई दिने बैठकमा ३५ भन्दा बढी विदेशमन्त्रीहरू सहभागी भएका थिए ।

जसमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र पाँच उपमन्त्रीहरू समावेश थिए ।

प्रकाशित मिति २०८२ असार ९ गते सोमबार १०:२०
हजुरको प्रतिक्रिया