पोखरा ।
शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि १ अर्ब २४ करोडको बजेट ल्याएको छ ।
सोमबार भएको १७ औं नगर सभामा मेयर कृष्णराज पण्डितले १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश गरे ।
बजेटको आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ।
राजस्व बाँडफाँड ११ करोड ९२ लाख ६७ हजार ०२९ रुपैयाँ, शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको हो ।
गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार रुपैयाँ, राजस्व बाँडफाँट अन्तर्गत १ करोड ६१ लख १० हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख रुपैयाँ अनुमान पेश गरिएको छ ।
नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९३३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
घरजग्गा रजिष्ट्रेशन शुल्क १ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूरक अनुदान २ करोड १८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट विशेष अनुदान ४० लाख रुपैयाँ, शशर्त अनुदान २ लाख रुपैयाँ र जनसहभागिता १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।
पूर्वाधार विकासमा रुपैयाँ ११ करोड ६९ लाख ९३ हजार ६४६ रुपैयाँ, वडा कार्यालयका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ, सामाजिक विकासतर्फ ६ करोड ४३ लाख ६४ हजार ८६६ रुपैयाँ, आर्थिक विकासमा १ करोड ९२ लाख ८७ हजार ८०२ रुपैयाँ, वन, वातावरण तथा विपद् २ करोड ४२ लाख ८७ हजार ८०२ रुपैयाँ, चालु प्रशासनिक खर्चतर्फ १५ करोड ८१ लख ६१ हजार २६७ रुपैयाँ छुट्याइएको छ ।
खर्चतर्फ विषयगत शाखा र अन्तरसम्बन्धित क्षेत्र २४ करोड ७ लाख ५६ हजार २९ रुपैयाँ, संघीय सरकारबाट प्राप्त शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूर अनुदान ७ करोड २६ लाख ६६ हजार ६६६ रुपैयाँ, गण्डकी प्रदेशबाट समपूरक अनुदान १ करोड २० लाख रुपैयाँ, गण्डकी सरकारबाट विशेष अनुदान ४० लाख, सर्शत अनुदान २ लाख, अनिवार्य दायित्व १० करोड ९८ लाख ५० हजार रुपैयाँ, कार्यालय सञ्चालन प्रशासनिक खर्च १५ करोड ८१ लाख ६१ हजार २६७ रुपैयाँ, जनसहभागिता फिर्ता १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।
प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०३:५४




