२०८३ साउन २१ गते बिहीबार

कावासोती नगरपालिकाले ल्यायो १ अर्ब ६१ लाखको बजेट

कावासोती नगरपालिकाले ल्यायो १ अर्ब ६१ लाखको बजेट

राजु सुवेदी कल्पित

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०८:१९

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि १ अर्ब ६१ लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख फुलकुमारी थनेतले नगरसभामा सार्वजनिक गरेको बजेटमा कृषि, पूर्वाधार, ऊर्जा, बालस्वास्थ्य...

नवलपुर ।

नवलपुरको कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि १ अर्ब ६१ लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नगर उपप्रमुख फुलकुमारी थनेतले नगरसभामा सार्वजनिक गरेको बजेटमा कृषि, पूर्वाधार, ऊर्जा, बालस्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिइएको छ ।

बजेटअनुसार नगरको आन्तरिक स्रोतबाट ६ करोड ५० लाख र संघीय तथा प्रदेश सरकारबाट विभिन्न अनुदानमार्फत आय अनुमान गरिएको छ । सवारी कर, घरजग्गा रजिष्ट्रेशन, विज्ञापन कर, नदीजन्य पदार्थ बिक्री र लागत सहभागिताबाट समेत आम्दानी हुने उल्लेख छ । व्यय पक्षमा प्रशासनिक खर्च, योजना कार्यान्वयन, मर्मतसंभार, विपद व्यवस्थापन र जनसहभागिता कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ ।

विशेषगरी, कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘जमिन बाझो राख्न नपाइने’ नीतिलाई प्राथमिकता दिइएको छ। खेतीयोग्य जमिन वर्षमा कम्तीमा दुईपटक उपयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, नगर यातायात गुरुयोजना अन्तर्गत मुख्य चोकमा साइक्ल लेन, विद्यालय वरिपरि आकाशे पुल र ट्राफिक व्यवस्थापन सुधारजस्ता योजना समेटिएका छन् ।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०८:१९
हजुरको प्रतिक्रिया