काठमाडौं ।
पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै लिनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै सरकारले लिनु उचित हुने बताएका हुन्।
उनले नेपालले पैसामा लगानी गर्ने नभइ नीतिमा लगानी गर्ने गरेको बताए।
सरकारले लिएका बढी अनुदानहरू नीतिगत हस्तक्षेपको रुपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको जिकिर गरे।
आफूले भनेअनुसार लगानी गर्न नपाउँदा देशको आवश्यकताअनुसार चल्न नसकिएको बताए।
राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता स्वीकार गर्न जरुरी रहेको उहाँको भनाइ छ।
दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरू मात्रै स्वीकार गर्न आवश्यक रहेको बताए।
पूर्वअर्थमन्त्री शर्माले आफ्नो ढंगले सञ्चालन गर्न नसक्ने, नपाउने र नेपालको अवस्थालाई सुधार गर्ने भन्दा त्यही ऋणमा परेर अझ समस्यामा पर्ने हो भने ति कुराहरू आवश्यक नरहेको बताए।
नेपालको लगानी जरामा नभइ पातमा भइरहेको जिकिर गरे।
प्रकाशित मिति २०८२ असार ११ गते बुधबार १२:२४




