२०८३ साउन २१ गते बिहीबार

पोखरामा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

पोखरामा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १३ गते शुक्रबार ०४:५५

पोखरा । पोखरामा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा आज करिब साढे १२ बजे टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु भएको हो । पोखराको...

पोखरा ।

पोखरामा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा आज करिब साढे १२ बजे टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु भएको हो ।

पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जादै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मिना गम्भीर घाइते भएकी थिइन् ।

उनलाई प्रहरी र स्थानीयले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा० लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ

प्रकाशित मिति २०८२ असार १३ गते शुक्रबार ०४:५५
हजुरको प्रतिक्रिया