२०८३ कात्तिक १० गते सोमबार

२०८१ सालको एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८१ सालको एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०९:१३

बोर्डका अनुसार यसवर्ष नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको सख्या ४८ हजार १ सय ७७ रहेको छ ।
त्यस्तै १.६० देखि २ जीपीए ल्याउने ८ जना, २ देखि २.४० जीपीए ल्याउने ४ हजार १२६ जना, २.४० देखि २.८० जीपीए ल्याउने ४८ हजार ४७९ जना, २.८० देखि ३.२० जीपीए ल्याउने ८९ हजार १२४ जना, ३.२० देखि ३.६० जीपीए ल्याउने ८१ हजार ३८५ जना, ३.६० देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, नन ग्रेडेड– १ लाख ६७ हजार ५९७ जना छन् ।

नन ग्रेडेडको संख्या १ लाख ६७ हजार ५९७ जना

पोखरा ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले हिजो सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको छ । गएको वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।

बोर्डका अनुसार यसवर्ष नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको सख्या ४८ हजार १ सय ७७ रहेको छ ।

त्यस्तै १.६० देखि २ जीपीए ल्याउने ८ जना, २ देखि २.४० जीपीए ल्याउने ४ हजार १२६ जना, २.४० देखि २.८० जीपीए ल्याउने ४८ हजार ४७९ जना, २.८० देखि ३.२० जीपीए ल्याउने ८९ हजार १२४ जना, ३.२० देखि ३.६० जीपीए ल्याउने ८१ हजार ३८५ जना, ३.६० देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, नन ग्रेडेड– १ लाख ६७ हजार ५९७ जना छन् ।

एसईईमा कुल ४ लाख ३८ हजार आठ सय ९६ परीक्षार्थी सहभागी थिए । २०८१ को एसईईमा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् भने सबैभन्दा कम विद्यार्थी कर्णाली प्रदेशमा उत्तीर्ण भएका छन् ।

बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् भने कर्णाली प्रदेशबाट ४६ हजार ४५५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार ७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, लुम्बिनी प्रदेशबाट ९७ हजार ६८७ जना र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नतिजाअनुसार गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी ननग्रेडेड भएका छन् ।

समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड भएका हुन् ।

यस्तै अंग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना, सामाजिकमा ५३ हजार १८६ जना र विज्ञान विषयमा ७९ हजार २७१ विद्यार्थी ननग्रेडेड भएका छन् ।

यस्तै ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० र ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी ननग्रेडेडमा परेका छन् ।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०९:१३
हजुरको प्रतिक्रिया