२०८३ साउन २१ गते बिहीबार

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०९:१६

एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । 

पोखरा ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

तालिकाअनुसार हिजो प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।

एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।

विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् ।

यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

यो वर्ष एसइईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।

२०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०९:१६
हजुरको प्रतिक्रिया