२०८३ साउन २१ गते बिहीबार

अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको चेतावनी

अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार १०:०३

यसबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्यानडाले ठूलो प्रविधि कम्पनीहरूलाई लक्षित गरी ल्याएको नयाँ कर नीतिका कारण यस्तो निर्णय लिनुपरेको प्रतिक्रिया दिएका छन् ।

एजेन्सी\सिन्ह्वा ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको सबै व्यापार वार्ता तत्कालका लागि अन्त्य गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले शुक्रबार क्यानडाले अमेरिकी प्राविधिक कम्पनीहरूमा डिजिटल सेवा कर लगाएको कारण संयुक्त राज्य अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने चेतावनी दिएका हुन् ।

यसबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्यानडाले ठूलो प्रविधि कम्पनीहरूलाई लक्षित गरी ल्याएको नयाँ कर नीतिका कारण यस्तो निर्णय लिनुपरेको प्रतिक्रिया दिएका छन् ।

दुवै मुलुकबीच जुलाईको मध्यसम्म नयाँ व्यापार सम्झौता गर्ने प्रयास भइरहेको बेला ट्रम्पको यो कदम आएको हो ।

गत वर्षदेखि लागू भएको क्यानडाको ३ प्रतिशत डिजिटल सेवा करले दुई देशबीचको सम्बन्धमा तनाव बढाएको छ ।

उक्त करबाट अमेजन, एप्पल, गुगलजस्ता अमेरिकी कम्पनीहरूलाई वार्षिक २ अर्ब डलरभन्दा बढी घाटा हुने अनुमान गरिएको छ ।

ट्रम्पले आगामी सात दिनभित्र क्यानडाबाट आउने सामानहरूमा नयाँ महसुल घोषणा गर्ने बताएका छन् छ । यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै वार्ता अझै जारी राखिने बताएका छन् ।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार १०:०३
हजुरको प्रतिक्रिया