२०८३ साउन २१ गते बिहीबार

मेलमिलापनै सर्वोत्तम न्याय हो : मुख्य न्यायधीश लामिछाने

मेलमिलापनै सर्वोत्तम न्याय हो : मुख्य न्यायधीश लामिछाने

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०८:००

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले कतिपय उजुरी अड्डा अदालतमा नगई जिल्ला प्रशासनका आउने हुँदा त्यसको निरुपण गर्नका लागि आफूहरु लागि रहने जिकिर गरे ।

बागलुङ ।

उच्च अदाल पोखरा इजाल बागलुङका मुख्य न्यायधीश नातिबाबु लामिछानेले मेलमिलाप नै सर्वोत्तम न्याय भएको बताएका छन् ।

शनिबार बागलुङको जैमिनी नगरपालिकाले आयोजना गरेको मेलमिलापको असल अभ्यासका लागि आमा समूहको सम्मेलन तथा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायधीश लामिछानेले अदालतमा आउने नागरिकलाई सबैभन्दा पहिलो मेलमिलाप बाटै विवाद समाधान गर्ने प्रयास गर्ने बताए ।

उनले न्यायलयले तथ्य र प्रमाणका आधारमा फैसला गर्ने भन्दै त्यसप्रति आशंका व्यक्ति गर्न जरुरी नरहेको बताए । पछिल्लो समय लेनदेन र व्यक्तिगत मुद्धाहरु बढी आउने गरेको भन्दै अदालतले मेलमिलापलाई पहिलो प्राथमिकता दिने गरेको उनको भनाइ छ । अन्यायमा परेर अदालत आउने कोही पनि नागरिक न्याय पाउनुबाट वञ्चित हुनु नपर्ने लामिछानेले बताए ।

सो अवसरमा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले समाजमा अधिकांश अंशबन्डा, साँध सिमाना सम्बन्धी विवाद बढी हुने हुँदा त्यसलाई गाउँ ठाउँमै मेलमिलाप गरिदै आएको बताए । विवादलाई न्यूनिकरण गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले कतिपय उजुरी अड्डा अदालतमा नगई जिल्ला प्रशासनका आउने हुँदा त्यसको निरुपण गर्नका लागि आफूहरु लागि रहने जिकिर गरे । नागरिकलाई सुशासन, शान्ति, सुरक्षा दिलाउने र अन्यायमा परेका नागरिकलाई न्यायोचित रुपमा मेलमिलाप गर्ने गरेको उनको भनाइ छ ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जनस्तरमै कानुनी सारक्षरताका लागि आमा समूहको सम्मेलन तथा संवाद कार्यक्रम आयोजना गरेको बताए । समाजका हरेक गतिविधिमा महिलाहरु जोडिएको हुँदा उनीहरुलाई कानुनी ज्ञान दिन र अपराधिक क्रियाकलापको अन्य गर्न यो कामर्यक्रले टेवा पु¥याउने उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०८:००

हजुरको प्रतिक्रिया