बागलुङ ।
बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा कालोपत्र सडकले जोडिएको छ ।
दशक अगाडि ट्रायक खुले पनि अहिलेसम्म कालोपत्र हुन सकेको थिएन । यस वर्ष राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरसँग कालोपत्र सडकले जोडिएको हो ।
करिडोरको जैमिनीधामदेखि कुश्मिसेरा जोड्ने सडक दुई खण्डमा कालोपत्र गरिएको छ । जैमिनी रिङरोड अन्र्तगत जैमिनीधामदेखि कुश्मिसेराको पहिलो खण्डको ७२० मिटर कालीगण्कडी कोरिडोरमा काम गर्ने कालिका कन्स्ट्रक्सनले कालोपत्र गरि दिएको हो ।
दोस्रो खण्डको एक किलोमिटर गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय बागलुङमार्फत केबीसी÷एसी जेभी निर्माण सेवाले कालोपत्र गरेको हो । सडक धुलाम्मे र हिलाम्मे हुँदा सास्ती खेपेका स्थानीय अहिले कालोपत्र भएपछि खुसी भएका छन् ।
पूर्वाधार विकास कार्यालय र कालीगण्डकी करिडोर अन्र्तगत नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार पक्की सडकले जोडिएपछि यात्रा सहज भएको छ ।
क्षेत्रीय सडक अन्र्तगत बागलुङ बजारदेखि बलेवा हुँदै कुश्मिसेरा आउने साना सडक मध्ये एक किमी कच्ची सडकसमेत कालोपत्रको गरिएको छ ।
प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०८:०३




