२०८३ साउन २१ गते बिहीबार

पहिरोले विद्यालय भवन भत्किदा पठनपाठन प्रभावित

पहिरोले विद्यालय भवन भत्किदा पठनपाठन प्रभावित

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ असार १५ गते आइतबार ०३:१७

बागलुङ । पहिरोले विद्यालय भवन भत्किदा पठनपाठन प्रभावित बनेको छ । बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको भवन भत्किदा पठनपाठन प्रभावित भएको हो । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण विद्यालय माथिदेखि...

बागलुङ ।

पहिरोले विद्यालय भवन भत्किदा पठनपाठन प्रभावित बनेको छ ।
बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको भवन भत्किदा पठनपाठन प्रभावित भएको हो ।
शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण विद्यालय माथिदेखि खसेको पहिरोले दुई वटा भवनका चार वटा कक्षाकोठामा पूर्ण रुपमा क्षति पु¥याएको छ ।
दुई वटा मध्ये एउटा भवनको गाह्रो भत्किएर पहिरो कक्षाकोठा भित्रै पसेको र अर्को भवनको छानो भत्किएको विद्यालयका प्रधानाध्यापक बमबहादुर बोगटीले जानकारी दिए ।
दुई वटै विद्यालय भवन पहिरोको उच्च जोखिममा परेपछि पठनपाठन गर्न समस्या भएको उनको भनाइ छ । विद्यालयमा सबै स–साना बालबालिका मात्रै अध्ययनरत रहेको प्रध्यानाध्यापक बोगटीले बताए ।
उनले भने – “पहिरो राति गएको हो, दिउसोको समयमा गएको भए मानवीय क्षति हुन सक्ने रहेछ, पहिरो अहिले रोकिए पनि विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था छैन, चार वटा कोठामा पहिरोले ठूलो क्षति पु¥याएको छ, पहिरो कक्षाकोठा भित्रै पसेपछि हिलाम्मे छ, गाह्रो भत्किएर पुन निर्माण गर्नु पर्ने अवस्थामा पुगेको छ ।”
बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले पठनपाठनलाई तत्काल सुचारु गर्नका लागि विकल्प खोज्ने बताए ।
१८ गतेदेखि पालिकास्तरीय पहिलो त्रैमासिक परीक्षा संचालन गर्ने गरि तयारी भइरहेको अवस्थामा पठनपाठन प्रभावित हुन पुगेपछि पालिकाले पठनपाठन गर्ने वातावरण तयार गर्ने उनको भनाइ छ । कक्षा आठसम्म पढाई हुने उक्त विद्यालयमा १२२ जना बालबालिका अध्ययनरत छन् ।

प्रकाशित मिति २०८२ असार १५ गते आइतबार ०३:१७
हजुरको प्रतिक्रिया