बागलुङ ।
बागलुङ नगरपालिका–४ कुँडुले स्थित शालग्राम संग्रहालय परिसरमा घइया धान रोपाइँ गरिएको छ ।
शालग्राम संग्रहालय व्यवस्थापन समितिले सुग्गा जमिनमा उत्पादन हुने घइया धान रोपाइ गरेको हो । धार्मिक विधि अनुसार भूमी पूजा गरेर घइया धान रोपाइँ गरिएको हो । रोपाइँमा स्थानीयहरुको सहभागिता रहेको थियो ।
बागलुङका विभिन्न स्थानीय तहले आइतबार हिलाम्य खेतमा धान रोपाइँ गरि रहेको सन्दर्भमा शालग्राम संग्रहालयमा देखिएको दृश्य निकै रोचक थियो । बटकहरुले भजन गाउँदै घइयान रोपाइँ गर्दा त्यस क्षेत्रमा छुट्टै रौनक छाएको थियो ।
परम्परागत रुपमा खेती हुँदै आएको घइया धान पछिल्लो समय लोप हुँदै गएपछि यसको सरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले यसको रोपाइँ गरिएको हो । घइया धान स्वास्थ्य वद्र्धक र उत्पादनका हिसाबले पनि धेरै फल्ने शालग्राम संग्रहालयका संरक्षक ऋण प्रपन्नचार्य बताए ।
घइया धानका लागि हिलो नचाइने हुँदा भिरालो जमिनमा पनि लगाउन सकिन्छ । पछिल्लो समय धानका विभिन्न प्रजाति उत्पादन गर्न थालेपछि घइया धान रोप्ने प्रचलन घट्दै गएको छ । बागलुङमा हालसम्म ४० प्रतिशत मात्रै खेतमा धान रोपाइँ भएको छ ।
प्रकाशित मिति २०८२ असार १५ गते आइतबार ०८:०२




