२०८३ साउन २१ गते बिहीबार

फेरि बढ्यो खाने तेलकाे भाउ

फेरि बढ्यो खाने तेलकाे भाउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ३ गते बिहीबार ०४:०४

काठमाडाैं । उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा...

९ महिनामै दाेब्बर बृद्दी

काठमाडाैं । उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए ।

नेपाली बजारमा २०७७ कात्तिकमा भटमासको तेल प्रतिलिटर १३० देखि १४० रुपैयाँ र सूर्यमुखी तेल १६० रुपैयाँ प्रतिलिटरमा बिक्री भएको थियो । तर २०७८ असारसम्म आइपुग्दा तेलको भाउमा अचाक्ली वृद्धि देखियो ।

असार तेस्रो साता नेपाली बजारमा भटमासको तेलको प्रतिलिटर मूल्य २२० देखि २३५ रुपैयाँ पुगेको नेपाल खुद्रा ब्यापार संघको तथ्यङ्कमा देखिन्छ ।

यस्तै १४० रुपैयाँको सूर्यमुखी तेलेको मूल्य लिटरमै तीन सय रुपैयाँ पुग्यो । तोरीको तेलको मूल्य पनि लिटरमा ५० रुपैयाँ भन्दा बढीले बढेर ३३० रुपैयाँ नाघ्यो ।

नेपाल वनस्पति घिउ तेल उत्पादक संघमा २० वटा तेल उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरु आवद्ध छन् । तर, कुनै पनि उद्योगीहरु तेलको भाउ बढेको वा घटेकोबारे सार्वजनिक रुपमा बोल्न चाहँदैनन् ।

क्यानडा, युक्रेन इण्डोनेसिया लगायतको मुलुकबाट कच्चा पदार्थ ल्याएर नेपाली उद्योगीहरुले प्रशोधन गर्दै तेलको बिक्री गरिरहेका छन् ।

ती मुलुकबाट भारतमा आयात हुन नपाउने तर साफ्टा सुविधामा नेपालबाट भारतमा तेल निर्यात गर्न पाइने भएपछि यो व्यवसाय अहिले निकै फष्टाएको छ । गत आवमा मात्रै नेपालबाट ५३ अर्ब ६५ करोडको रुपैयाँ बराबरको भटमासको तेल भारत निर्यात भएको थियो ।

एक वर्षको अवधिमा तेलको मूल्यवृद्धिबारे एक पटक अनुगमन गरेर दुई उद्योगलाई कारबाही गरेयता वाणिज्य विभागले थप अनुगमन गरेको छैन । नेपाल वनस्पति घिउ तेल उत्पादक संघमार्फत तेलको मूल्यमा निरन्तर भएको मूल्यबारे विवरण माग गरिएको विभागको एकोहोरो रटान छ ।

तेलको मूल्यबारे संघमार्फत जानकारी माग गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

‘मूल्यवृद्धिको गुनासो आएको छ, हामीले उद्योगीसँग विवरण मागेको छौं, तर आएको छैन,’ उनले भने । तेलको भाउ बढेकोबारे विभागले उपयुक्त अनुगमन र निर्णय गर्ने दावी सेढाईंको छ ।

उपभोक्ताको गुनासो र बजारको समस्याअनुसार विभागमा अनुगमनका लागि जनशक्तिको अभाव भएको उनले बताए ।

‘तोरी, सनफ्वालर र भटमास सबैको मूल्य एकाएक बढेको छ, बढ्नुको कारण उद्योगीले भनेका छैनन्, अझै मूल्य बढ्ने बताएका छन,’ अधिकारीले भने ।

गत वर्ष मंसिरदेखि झण्डै दोब्बर मूल्यले बेढेको खानेको भाउ केही समय अघि घटेको भन्दै उद्योगीहरुले प्रचार गरेका थिए ।

साउन २३ अघिसम्म प्रतिलिटर २२५ रुपैयाँ लिटरमा खुद्रामा कारोबार भएको सूर्यमुखी तेलको भाउ मंगलबारसम्म आइपुग्दा २४० रुपैयाँ पुगेको संघले जनाएको छ ।

यस्तै धारा तोरी र भटमास तेलको मूल्य पनि बढेको छ । खाने तोरीको तेलको भाउ लिटरमा ३५ रुपैयाँसम्मले बढेको खुद्रा व्यवसायीहरूले बताएका छन् ।

प्रकाशित मिति २०७८ भदौ ३ गते बिहीबार ०४:०४

हजुरको प्रतिक्रिया