गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ८४७ पुग्याे
पाेखरा । बिहीबार गण्डकीमा थप ५ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । काेराेनाका कारण ज्यान गुमाउनेहरूमा बागलुङका दुई जना, कास्कीका एक जना, म्याग्दीका एक जना र तनहुँका एक जना रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । याे सहित गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २२१ पुगेको छ।
यसैगरि पछिल्लाे २४ घण्टामा गण्डकीका थप ५०४ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११८७ जनामा गरिएको नमुना परीक्षणमा थप ५०४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २६८ जना, तनहुँका ३८ जना, गोरखाका ३३ जना, लमजुङका ३९ जना र नवलपुरका २५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ५५ जना, पर्वतका दुई जना, बागलुङका २५ जना र म्याग्दी जिल्लाका १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७० हजार ७४३ पुगेको छ।
प्रकाशित मिति २०७८ भदौ ३ गते बिहीबार ०६:२५




