२०८३ कात्तिक ११ गते मंगलबार

हार्वर्डले यहूदी विरोधी कानूनको उल्लंघन गरेको ट्रम्प प्रशासनको आरोप

हार्वर्डले यहूदी विरोधी कानूनको उल्लंघन गरेको ट्रम्प प्रशासनको आरोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १७ गते मंगलबार १०:०८

हार्वर्डका अध्यक्ष एलन गार्बरलाई लेखेको पत्रमा अमेरिकी सरकारी वकिलहरूले विद्यार्थी असुरक्षित महशुस गर्छन् भन्ने थाहा हुँदाहुँदै पनि विश्वविद्यालयले जानाजानी उदासीनता देखाएको बताएका छन् ।

एजेन्सी\सिन्ह्वा ।

हार्वर्डले यहूदी विरोधी कानूनको उल्लंघन गरेको ट्रम्प प्रशासनले आरोप लगाएको छ ।

ह्वाइट हाउसले हार्वर्ड विश्वविद्यालयलाई यहूदी विद्यार्थी विरुद्धको धम्की र उत्पीडनलाई अपर्याप्त रूपमा सम्बोधन गरेको बताएको हो ।

हार्वर्डले संघीय नागरिक अधिकार कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ ।

हार्वर्डका अध्यक्ष एलन गार्बरलाई लेखेको पत्रमा अमेरिकी सरकारी वकिलहरूले विद्यार्थी असुरक्षित महशुस गर्छन् भन्ने थाहा हुँदाहुँदै पनि विश्वविद्यालयले जानाजानी उदासीनता देखाएको बताएका छन् ।

द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार तत्काल परिवर्तनहरू लागू गर्न निरन्तर असफल हुँदा सबै संघीय कोष गुमाउने चेतावनी दिइएको छ ।

हार्वर्डले पत्रको सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन ।

ह्वाइट हाउसले पहिले २ अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान फ्रिज गर्ने र हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई रोक्ने धम्की दिएको छ ।

हार्वर्डले आफ्नो पहिलो संशोधन र उचित प्रक्रिया अधिकारको उल्लंघनको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति २०८२ असार १७ गते मंगलबार १०:०८
हजुरको प्रतिक्रिया