२०८३ कात्तिक ११ गते मंगलबार

थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १७ गते मंगलबार ०३:५५

थाइल्यान्डकी प्रधानमन्त्री पेतोङटार्न शिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो । कम्बोडियासँग...

थाइल्यान्डकी प्रधानमन्त्री पेतोङटार्न शिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ ।

कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो ।

कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको ज्यान गएको थियो ।

यही तनावबारेमा छलफल गर्न थाइल्यान्डकी प्रधानमन्त्री शिनवात्राले कम्बोडियाका पूर्वनेता हुन सेनलाई फोन गर्नुभएको थियो । त्यस बेला शिनावात्राले सेनलाई काका भनेर सम्बोधन गर्दै एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेको अडियो सार्वजनिक भएको छ । थाइल्यान्डका रूढीवादी सांसदहरूले यही फोनवार्तालाई लिएर प्रधानमन्त्री कम्बोडिया सामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् ।

यो विषय संवैधानिक अदालतमा पुगेपछि अदालतले आजैदेखि लागू हुने गरी अन्तिम निर्णय नआउञ्जेलका लागि शिनावात्रालाई प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार १७ गते मंगलबार ०३:५५
हजुरको प्रतिक्रिया