२०८३ साउन २१ गते बिहीबार

पाेखरामा लागु औषधसहित एक व्यक्ति पक्राउ

पाेखरामा लागु औषधसहित एक व्यक्ति पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ४ गते शुक्रबार ०३:२४

पाेखरा । पोखराको उत्तम मार्गबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ परेका छन्। बिहीबार साँझ उत्तम मार्गमा शंकास्पद अवस्थामा हिंडिरहेका स्याङ्गजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं -२ घर भइ हाल पोखरा महानगरपालिका -१७ बिरौटा बस्ने...

पाेखरा । पोखराको उत्तम मार्गबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ परेका छन्।

बिहीबार साँझ उत्तम मार्गमा शंकास्पद अवस्थामा हिंडिरहेका स्याङ्गजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं -२ घर भइ हाल पोखरा महानगरपालिका -१७ बिरौटा बस्ने ३२ वर्षीय ‘हाउडे’ भन्ने शुसिल क्षेत्रीलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।

प्रहरीले उनको साथबाट नुर्फिन १० एम्पुल, फेनेरागन १० एम्पुल र डाइजेपाम ११ एम्पुल गरी जम्मा ३१ एम्पुल लागु औषध वरामद गरेको छ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ भदौ ४ गते शुक्रबार ०३:२४
हजुरको प्रतिक्रिया