२०८३ साउन २१ गते बिहीबार

८ जना बालिकाको उद्दारः कास्की प्रहरीले तीन स्पा सेन्टरमा गरेको छापा

८ जना बालिकाको उद्दारः कास्की प्रहरीले तीन स्पा सेन्टरमा गरेको छापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १८ गते बुधबार ०१:३०

कास्की । कास्की जिल्ला प्रहरी कार्यालयले पोखरा महानगरपालिका–६ लेकसाइडस्थित तीन वटा स्पा सेन्टरबाट ८ जना बालिकालाई उद्दार गरेको छ। असार १६ गते साँझ ६ बजे गरिएको संयुक्त अपरेशनमा सामाजिक विकास महासाखा, बालबालिका सम्बन्धी संघसंस्थाहरूको...

कास्की ।

कास्की जिल्ला प्रहरी कार्यालयले पोखरा महानगरपालिका–६ लेकसाइडस्थित तीन वटा स्पा सेन्टरबाट ८ जना बालिकालाई उद्दार गरेको छ।

असार १६ गते साँझ ६ बजे गरिएको संयुक्त अपरेशनमा सामाजिक विकास महासाखा, बालबालिका सम्बन्धी संघसंस्थाहरूको सहभागितामा १८ वर्षमुनिका ती बालिकाहरूलाई उद्दार गरिएको हो।

प्रहरीका अनुसार पर्लियन स्पा बाट २, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरू बाट २ र शाइनडर ब्यूटी एण्ड स्पाू बाट ४ जना गरी ८ जना बालिकाहरू उद्दार गरिएका हुन्।

ती बालिकाहरूलाई विभिन्न स्पा सेन्टरमा अवैध रूपमा काममा लगाइएको सूचनाका आधारमा उद्धार गरिएको जनाइएको छ।

उद्धार गरिएका बालिकाहरूलाई महिला तथा बालबालिका सेवा केन्द्रको समन्वयमा सुरक्षित आवासमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८२ असार १८ गते बुधबार ०१:३०
हजुरको प्रतिक्रिया