२०८३ साउन २१ गते बिहीबार

यो वर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुनसक्ने आँकलन

यो वर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुनसक्ने आँकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १९ गते बिहीबार ०९:३५

महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु संक्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे ।
उनका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेंगु संक्रमण बढ्ने उच्च जोखिम छ ।

पोखरा ।

यस वर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुनसक्ने आँकलन गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु संक्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे ।

उनका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेंगु संक्रमण बढ्ने उच्च जोखिम छ ।

हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

उनले बिरामीमा लक्षण नदेखिने, डेंगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेंगु संक्रमणको तथ्यांक कम देखिएको बताए ।

डेंगु संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत उनले जानकारी दिए ।

डेंगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भुमिका स्थानीय तहको भएको उल्लेख गर्दै उनले स्थानीय तहहरुसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए ।

प्रकाशित मिति २०८२ असार १९ गते बिहीबार ०९:३५
हजुरको प्रतिक्रिया