२०८३ कात्तिक ११ गते मंगलबार

चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २१ गते शनिबार ०९:४९

उपग्रह मुख्यतया अन्तरिक्ष वातावरण अन्वेषण र सम्बन्धित प्रविधि परीक्षणहरूको लागि प्रयोग गरिनेछ ।

एजेन्सी\सिन्ह्वा ।

चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ ।

शियान–२८ बी ०१ उपग्रह साँझ ५ः३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो ।

पूर्व निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ ।

उपग्रह मुख्यतया अन्तरिक्ष वातावरण अन्वेषण र सम्बन्धित प्रविधि परीक्षणहरूको लागि प्रयोग गरिनेछ ।

यो लङ मार्च वाहक रकेट श्रृंखलाको ५८३ औं उडान मिसन हो ।

प्रकाशित मिति २०८२ असार २१ गते शनिबार ०९:४९
हजुरको प्रतिक्रिया