२०८३ कात्तिक ११ गते मंगलबार

गर्मी सुरु हुँदै जाँदा टर्कीको राजधानीमा पानीको संकट

गर्मी सुरु हुँदै जाँदा टर्कीको राजधानीमा पानीको संकट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २२ गते आइतबार ०९:४६

जलाशयहरू सुक्दै गएका छन् । जलवायु परिवर्तनले बढाएको खडेरीको अवस्थाले बालीमा समेत समस्या सिर्जना भएको छ ।
शहरलाई आपूर्ति गर्ने पाँच प्रमुख बाँध र जलाशयहरू रेकर्ड गर्मी र औसतभन्दा कम वर्षापछि अहिलेसम्मकै न्युनतम स्तरमा पुगेका छन् ।

एजेन्सी\सिन्ह्वा ।

गर्मी सुरु हुँदै जाँदा टर्कीको राजधानी अंकारामा लगभग ६० लाख जनसंख्या भएको शहरमा पानीको संकट झन्झन् बढ्दै गएको छ ।

जलाशयहरू सुक्दै गएका छन् । जलवायु परिवर्तनले बढाएको खडेरीको अवस्थाले बालीमा समेत समस्या सिर्जना भएको छ ।

शहरलाई आपूर्ति गर्ने पाँच प्रमुख बाँध र जलाशयहरू रेकर्ड गर्मी र औसतभन्दा कम वर्षापछि अहिलेसम्मकै न्युनतम स्तरमा पुगेका छन् ।

अंकाराको पानी प्राधिकरणले बाँध भण्डारण १५ प्रतिशतमा झरेको बताएको छ । यदि पानीको खपत यही स्तरमा जारी रह्यो र वर्षा पनि भएन भने कठोर हुने प्राधिकरण बताउँछ ।

आपूर्तिलाई बलियो बनाउनको लागि तीन जिल्लाहरूमा २४ वटा नयाँ इनारहरू खनिएका छन् ।

टर्कीको राज्य मौसम विज्ञान सेवाको तथ्यांक अनुसार, २०२४–२०२५ को जाडोमा मध्य एनाटोलियन पठारमा मौसमी औसतभन्दा ३० प्रतिशतभन्दा कम वर्षा भएको थियो ।

समस्यालाई अझ जटिल बनाउने भनेको रेकर्ड उच्च तापक्रम थियो । शहरी जोखिमहरू बाहेक, अंकारा वरपरका कृषि केन्द्रहरू पनि पीडित छन् ।

पठारका किसानहरूले गहुँ, जौ र सूर्यमुखीको उत्पादनमा तिब्र गिरावट आएको रिपोर्ट गरिरहेका छन् ।

जुन राष्ट्रलाई खुवाउने र निर्यात बजारमा योगदान पु¥याउने मुख्य बालीहरू हुन् ।

राष्ट्रिय अन्न परिषद्ले मे महिनामा खुलासा गरेको पछिल्लो अनुमानअनुसार यस वर्ष टर्कीको गहुँ उत्पादन १८.६५ मिलियन टन पुग्ने अनुमान गरिएको छ ।

जुन जलवायु कारकहरूका कारण गत वर्षको उत्पादनभन्दा कम्तिमा २० लाख टन कम हो ।

 

 

 

प्रकाशित मिति २०८२ असार २२ गते आइतबार ०९:४६
हजुरको प्रतिक्रिया